नियम १६
समितिको बैठक सम्बन्धी कार्यविधि -
१) समितिको बैठक आश्यकतानुसार बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) समितिको बैठक बस्ने सूचना समितिको सदस्य–सचिवले बैठक बस्नु भन्दा कम्तीमा चौबीस घण्टा अगावै सदस्यहरुलाई दिनु पर्नेछ ।
(४) समितिको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा समितिका सदस्यहरूले आफूहरुमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिले कुनै पदाधिकारी वा विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(८) संमितिको बैठकमा उपस्थित सदस्यको नाम, छलफल भएका बिषय तथा बैठकमा भएका निर्णय एउटा छुट्टै निर्णय पुस्तिकामा लेखी सो निर्णयमा उपस्थित सदस्यको दस्तखत गराई राख्नु पर्नेछ ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।